logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • नवनियुक्त प्रशिक्षक भिन्सेन्जो भन्छन्,–‘नयाँ फुटबलरलाई मौका दिनेछु’

    नवनियुक्त प्रशिक्षक भिन्सेन्जो भन्छन्,–‘नयाँ फुटबलरलाई मौका दिनेछु’

    1.9K
    Shares
    नवनियुक्त प्रशिक्षक भिन्सेन्जो भन्छन्,–‘नयाँ फुटबलरलाई मौका दिनेछु’

    काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एन्नेसीले नयाँ खेलाडी मैदानमा उतार्ने तथा नयाँ रणनीतिका अनुसार राम्रो नतिजा निकाल्ने बताएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षका लागि नियुक्त गरेको मुख्य प्रशिक्षक भिन्सेन्जोलाई आधिकारिक रुपमा सार्वजनिक गरेपछि मुख्य प्रशिक्षकले नयाँ खेलाडीलाई मौका दिने बताए ।

    ‘यदि कुनै खेलाडी एमेच्योर फुटबल खेल्छ भने मैले उसको खेल हेर्न पाउँदिन र उनीहरूको वास्तविक अवस्था बुझ्न सक्दिनँ। त्यसैले मैले आफूले खेल हेरेका खेलाडीलाई टिममा मौका दिनेछु,’ भिन्सेन्जोले बताए।

    उनले नेपाली युवा खेलाडीमा क्षमता भएपनि उनीहरूमा अनुभवको कमि रहेको दावी गरे । ‘म युवा जोशिला खेलाडीमा विश्वास गर्छु । नेपालमा क्षमतावान युवा खेलाडी छन् र उनीहरूमा केवल अनुभवको कमी छ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend