logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • शहीद स्मारक ए डिभिजन लिग : जावलाखेललाई हराउँदै फ्रेन्ड्स क्लबको जित

    शहीद स्मारक ए डिभिजन लिग : जावलाखेललाई हराउँदै फ्रेन्ड्स क्लबको जित

    2.4K
    Shares
    शहीद स्मारक ए डिभिजन लिग : जावलाखेललाई हराउँदै फ्रेन्ड्स क्लबको जित

     

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि राफिक अमिनुले खेलको १९ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।

    त्यस्तै, कप्तान प्रकाश बुढाथोकीले ४० औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाएका थिए । २–० ले पछि परेको खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफनाले पेनाल्टी मार्फत गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याएका थिए ।

    पहिलो गोल फर्काएपछि आक्रमक बने पनि जाउलाखेलले अर्को गोल थप्न सकेन र जारी लिगमा पहिलो पराजय भोग्यो ।

    यसअघिका २ खेलमा हार र १ खेल बराबरी गरेको फ्रेन्ड्सको यो पहिलो जित हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend