logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • देशभरका सडकमा १२ महिनै सवारी चलाउन सक्नेगरी काम गर्छु : मन्त्री श्रेष्ठ

    देशभरका सडकमा १२ महिनै सवारी चलाउन सक्नेगरी काम गर्छु : मन्त्री श्रेष्ठ

    2.7K
    Shares
    देशभरका सडकमा १२ महिनै सवारी चलाउन सक्नेगरी काम गर्छु : मन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताएका छन् । शुक्रवार भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकार मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताएका हुन् ।

    उनले सडक व्यवस्थित बनाउने अभियान अन्तर्गत नै भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै कालोपत्र हुन बाँकी सडक चाँडै कालोपत्र गरिने प्रतिवद्धता जनाए । उनले भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद,खानेपानी निर्माण र अण्डरग्राउण्ड विद्युतको कारण समस्या रहेको उल्लेख गरे । उनले सरकारले चाँडै अदालत,अख्तियार,वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने बताए । उनले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्तता निकायको भुमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने बताए । उनले काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिइएको बताए ।

    उनले भने,‘ सरकारले नयाँ रणनीतिक महत्वका राष्ट्रिय राजमार्ग र सडकहरुमा कतिपय ठेक्का भएका छन् । कतिपय ठेक्का हुन बाँकी छन् । ठेक्का भएर पनि काम नभएका आयोजनाहरु पनि रहेका छन् । सबै काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना प्रमुखहरुलाई निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइएको छ । त्यो अनुसार अनुगमन पनि भएको छ । काममा केही प्रगति भएका छन् । तर अझै पूरै सन्तुष्ट हुनुपर्ने अवस्था छैन । उपत्यकाका सडकका खाल्डाहरु पूर्ने काम भएको छ । खानेपानी र अण्डरग्राउण्ड विद्युतको कारणले गर्दा काम गर्न सकिएको छैन । ठेकदारको ढिलाई र जग्गा मुआब्जा विवादको कारण सडक कालोपत्रे गर्न सकिएको छैन । अदालतको आदेश भएको भएको स्थानमा अदालतको बिरुद्ध सरकार जान सक्दैन । तर स्थानीयहरुको आफ्नै गुनासो छ । सडकको कालोपत्र सरकार गराउँछ । सरकारले अदालत,अख्तियार,वन मन्त्रालयसँग छुट्टै छलफल गर्छौं । कहाँ समस्या छ । राज्यका सबै अंगले विकास निर्माणमा सहयोग गर्ने हो । राज्यका अर्को अंगहरुको स्वायतता भुमिका छ । त्यसमा हामीले हस्तक्षेप गर्दैनौं । विकास निर्माणमा समस्याहरु के भए । उहाँहरुलाई पनि बताउँछौं । अहिले भएका समस्याहरु समाधान गर्दै विकास निर्माणका कामलाई तिब्रता दिने अन्तर्गत सडकलाई व्यवस्थित सडक बनाउनु सरकारको कतव्र्य हो । त्यो काम गराउन सरकार लागि परेको छ ।’

    उनले सडक निर्माण गर्दा कतिपय ठेकेदारको लापरबाही गर्दा निर्माण सम्पन्न नुहने तथा जग्गा मुआब्जा विवादको कारण सडक कालोपत्रे गर्न नसकिएको स्वीकार गरे । उनले भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकमा विवाद कायम रहेको क्षेत्र छाडेर बाँकी रहेको खण्डमा कालोपत्र तत्काल गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend