logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंका यी प्रमुख क्याम्पस जहाँ आज हुन सकेन स्ववियु निर्वाचन

    काठमाडौंका यी प्रमुख क्याम्पस जहाँ आज हुन सकेन स्ववियु निर्वाचन

    2.5K
    Shares

    काठमाडौं । देशभरका अधिकांश क्याम्पसहरूमा स्ववियु निर्वाचन सुरू भएको छ ।

    देशैभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । यद्यपी काठमाडौंकै केही प्रमुख क्याम्पसहरूमा भने स्ववियु निर्वाचन हुन सकेको छैन ।

    काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पस गरी ७ वटा क्याम्पसमा आज स्ववियु चुनाव नहुने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले बताएका छन् ।

    क्याम्पस सम्बन्धीलगायत अन्य विवाद रहेका क्याम्पसहरूमा स्ववियु चुनाव हुन नसकेको हो ।

    पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन्।

    देशभरका अधिकांश क्याम्पसहरूमा स्ववियु निर्वाचन सुरू, केहीमा स्थगित


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend