logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल चयन

    एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल चयन

    2.1K
    Shares
    एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल चयन

    सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्षपदमा नवराज पौडल चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए ।

    उनका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई सर्वोपरी राखेर पार्टीले जनताको जीवनस्तर माथि उकास्न काम गर्ने बताए ।

    अध्यक्ष नेपालले चीनसँग जोडिएको उत्तरी तातोपानी नाका, भोटेकोसी र मेलम्ची बाढीबाट प्रभावितका लागि राज्यले दिएको बचन पूरा गर्नुपर्छ भने । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend