logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ : उपाध्यक्ष ढकाल

    सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ : उपाध्यक्ष ढकाल

    2.2K
    Shares
    सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ : उपाध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार आउने बताएका छन् । शुक्रवार नेकपा कम्युनिष्ट समाजवादी पार्टीको अर्थविभागले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

    उनले बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्नको लागि सरकारले व्यवसायी गतिविधि चलायमान बनाउने नीतिगत टुल्सहरु प्रयोग गरी बजारमा तरलता सहज रुपमा उपलब्ध हुने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले व्यवसायीहरुले माग गरे अनुसार आवश्यक नीतिगत व्यवस्था गरे अर्थतन्त्र सुधार हुन धेरै समय नलाग्ने बताए । उनले सरकारले कोरोना महामारीपछि आयातमा प्रतिवन्ध लगायतमा गरिएको कडाइका कारण अर्थतन्त्रमा संकुचन भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय नेपालमा विदेशबाट आउने रेमिट्यान्स वृद्धि, पर्यटक आगमनमा वृद्धि र बैंक तथा वित्तीय संस्थाहरुको सिडि रेसियोमा समेत सुधार भएको बताए । उनले सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई रोक्नु भन्दा पहिला मुलुक भित्र रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताए ।

    उनले भने,‘ सरकारले कोरोना महामारीपछि अर्थतन्त्रमा धेरै कडाई गरौं । मुलुक श्रीलंका वा अन्य देशको अवस्था जस्तो भन्छ भन्दै गरेको आयातमा गरेको प्रतिबन्ध र अर्थनीतिमा लिएको कडाईको कारण अर्थतन्त्रमा संकुचन भएको हो भन्ने लाग्छ । पछिल्लो समय नेपालमा विदेशबाट आउने रेमिट्यान्स बढेको छ । नेपाल आउने पर्यटकमा वृद्धि भइरहेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुको लगानी योग्य सिडि रेसियोमा सुधार भएर आएको छ । मलाई लाग्छ अहिलेको अवस्थालाई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान बनाउने केही नीतिगत टुल्सहरु प्रयोग गरेर लगानी योग्य रकम तरलता सहज वातावरण बनाउनसके अर्थतन्त्रमा केही सुधार हुन्छ । धेरै समय पनि लाग्छ जस्तो लाग्दैन । पछिल्लो ८ महिनाकोबीचमा वैदेशिक रोजगारीमा जाने ५ लाख नेपालीले श्रम स्वीकृत लिएको जानकारी आएको छ । विगतमा विदेशमा अर्धदक्षहरु बाहिर जाने गरे पनि अहिले दक्ष कामदारहरु बाहिर जाने गरेको डाटा आएको छ । त्यसले गर्दा सरकारले वैदेशिक रोजगारीमा जानको लागि रोक्नको लागि पहिला नेपालमा नै रोजगारी दिने व्यवस्था गर्नुपर्छ । तर एउटा व्यवसायीले रोजगारी दिनेगरी केही गर्न खोज्दा लोकप्रिय बन्ने नाममा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्न भनेर एउटा झुन्ड लागेको देखिन्छ । बैंकको पैसा भनेको सबै नागरिकहरुको पैसा हो । अहिले व्यवसायीलाई दिने ब्याजदर बढी भएको छ ।

    बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकले कस्तो नीति लिनसक्छ । सरकारले कस्तो सुविधा दिन सकिन्छ । अथवा अहिले निक्षेपकर्तालाई दिएको ब्याज बढी हो की त्यसको पनि रेट कम गर्ने हो की ? सबै कुराहरु हेरेर बैंक तथा वित्तीय संस्थाहरुले अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्न सकियो भने अहिलेको अवस्था सहजता आउँछ । एकले अर्कोलाई दोष लगाउने भन्दा पनि नियमन निकाय राष्ट्र बैंक, नेपाल सरकार,नीति क्षेत्र सहकार्य गरेर अगाडि बढ्दा सुधार गर्न सकिन्छ ।’

    वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए घट्नसक्ने बताए । उनले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा उत्पन्न भएको अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्नसके केही सहजता आउन सक्ने बताए । उनले अब एकले अर्कोलाई दोष लगाउने भन्दा पनि राष्ट्र बैंक, नेपाल सरकार,नीति क्षेत्र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend