logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • राष्ट्रिय मिडिया सम्मेलनमा पत्रकारका सदस्यता सुद्धिकरण प्रमुख एजेण्डा

    राष्ट्रिय मिडिया सम्मेलनमा पत्रकारका सदस्यता सुद्धिकरण प्रमुख एजेण्डा

    1.9K
    Shares
    राष्ट्रिय मिडिया सम्मेलनमा पत्रकारका सदस्यता सुद्धिकरण प्रमुख एजेण्डा

    काठमाडौं । नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेको राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता सुद्धिकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता सुद्धिकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बताए ।

    ‘महासङ्घमा सदस्यता सुद्धिकरणको मुद्दा सधैँ उठ्ने गरेकाले सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ’, उनले भने, ‘शाखाले नै निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ पत्रकारको समस्या र मिडियामा आर्थिक सङ्कटका सम्बन्धमा पनि कुरा उठाइने अध्यक्ष पोखरेलले बताए ।

    पछिल्लो समयमा मुलुकमा आर्थिक सङ्कट सिर्जना भएको र त्यसकारण वा अन्य कारणबाट पत्रकारमा परेको समस्या पहिचान गरिने र समाधानका लागि पहल गरिनाका साथै मिडिमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे समेत खोजी गर्न लागिएको उनको भनाइ थियो । यसैगरी अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट पत्रकार र मिडियासँग सम्बन्धित विधेयक तयार गर्न लागिएको र कतिपय विधेयक तयार भइसकेकाले तयार भइसकेका विधेयकका पत्रकारको हित विपरीतका विषय केलाउने र तयार हुने क्रममा रहेका विधेयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले उल्लेख गरे ।

    उक्त सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समितिका पदाधिकारी तथा सल्लाहकार, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमूलकरुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी दुई सय भन्दा बढीको सहभागिता रहने भएको छन् ।
    सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा प्रमुख आतिथित्यतामा उक्त सम्मेलनमा सङ्घीय सरकारका अन्य मन्त्रीहरु तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुने महासचिव रोशन पुरीले जानकारी गराए।

    नेपाल पत्रकार महासङ्घको बिहीबार ६८औंँ स्थापना दिवस मनाइँदै छ । महासङ्घले यस पटक उपत्यका बाहिर स्थापना दिवस मनाउने तयारी गरेको हो ।
    स्थापना दिवसका अवसरमा भोलि बिहानै परासीमा प्रभातफेरी कार्यक्रम दिउँसो पूर्ण बैठक र साँझ गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने गरिने उनले जानकारी गराए। स्थापना दिवसकै अवसर पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा महासङ्घका जिल्लाशाखा अध्यक्ष रामराज पोख्रेलले सदस्यता सुद्धिकरणको अभियानमा जिल्ला शाखा महासंघसँगै रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend