logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • अष्ट्रेलियाका महिला उद्यमीद्धारा पद्मावती हस्तकला उद्योगको अवलोकन

    अष्ट्रेलियाका महिला उद्यमीद्धारा पद्मावती हस्तकला उद्योगको अवलोकन

    3.3K
    Shares
    अष्ट्रेलियाका महिला उद्यमीद्धारा पद्मावती हस्तकला उद्योगको अवलोकन

    पोखरा । अष्ट्रेलियाका महिला उद्यमीले पोखरास्थित पद्मावती हस्तकला उद्योगको अवलोकन गरेर सीपका बारेमा जानकारी लिएका छन् ।
    अष्ट्रेलियाको फेयर ट्रेड डाउनअण्डरका संचालक रोज जमिसन, जिलियन कुले, क्यारोलेन डान्स सहित आएको सातजनाको टोलिले हस्तकला सामग्रीको बारेमा जानकारी लिएका हुन् । अवलोकनको क्रममा  क्यारोलेन डान्सले नेपालका महिला सृजनात्मक, निकै मेहनती लागेको बताइन् ।

    उनले भनिन् ‘हामीले पोखराका केही हस्तकला उद्योगको अवलोकन गर्यौ, यहाँका महिला निकै सृजनात्मक मेहनती हुनुहुँदोरहेछ, खेर जाने सामानहरुको उच्चतम तरीकाले सदुपयोग गरेर निकै आकर्षक सामग्री बनाएको पायाैँ। ’ उनले चाउचाउ विस्कुटको खोल, मकै खोस्टा, गहुँको नल, बाबियाबाट बनेका झोला, मोडा, म्याट लगायतका सामग्री निकै आर्कषक लागेको बताइन् ।

    यसैगरी अर्का उद्यमी जिलियनले कुलेले अष्ट्रेलियामा विशेष गरी घरमा सजाउन बढी मात्रमा हस्तकलाका सामग्री प्रयोग हुने जानकारी दिइन् । उनले अरुहरुको सहयोगको लागि हस्तकला उद्योग खोलेको जानकारी दिदै आफ्नो देशमा निकै सिमित महिला मात्र हस्तकलामा रुची राख्ने र अरु पेशा व्यवसाय गर्ने महिला बढी भएको जानकारी दिइन् । उनले केही हात र केही प्रविधिको प्रयोग गरेर सामान उत्पादन गर्ने जुन बढी मात्रामा घर सजावटका लागि प्रयोग हुँदै आएको उनको भनाइ थियो ।

    पद्मावती हस्तकला उद्योग महिला उद्यमी हिरा भट्टराईले २०६३ सालमा पोखराको राष्ट्रबैंक चोकमा स्थापना गरेकी हुन् । यस उद्योगबाट बाबिया, मकैको खोस्टा, गहुँको नल, जलकुम्भि, ऊनी धागो, बाँसका चोया, फ्रेब्रिक लगायतका कच्चा पदार्थबाट झण्डै ५० बढी प्रकारका सामग्री उत्पादन हुने भट्टराईले जानकारी दिइन् । उनका अनुसार उद्योगबाट उत्पादित हस्तकलाका सामग्री र देशका विभिन्न जिल्लाबाट उत्पादन भएका सामग्री ‘नेपाल कोसेली घर’ बाट बिक्री वितरण हुँदै आएको छ ।

    विशेषगरी मकैको खोस्टाबाट बनेका मोडा आन्तरिक तथा बाह्य पर्यटकले बढी मन पराउने गरेका छन् । उद्योगमा ४ जना प्रत्यक्ष र करिब १५ जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । कच्चा पदार्थ लगेर घरघरमा साग्रगी तयार गरेर महिलाले ल्याउने गर्छन । सामानको उत्पादन हेरेर सोही अनुसारको ज्याला दिने गरेको उनको भनाइ छ ।
    तस्बिर उपलब्ध छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend