logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैनः अध्यक्ष ओली

    फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैनः अध्यक्ष ओली

    2K
    Shares
    फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैनः अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पारेका छन् ।

    शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको बताए । उनले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताए ।

    उनले भने, ‘सदनका काम कारबाहीहरुको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशिल ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसावले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’

    अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसावले समितिमा लैजानैपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend