logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • लेखराजको निवासमा प्रचण्डले भने– यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यो घर मेरो पनि हो

    लेखराजको निवासमा प्रचण्डले भने– यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यो घर मेरो पनि हो

    1.9K
    Shares
    लेखराजको निवासमा प्रचण्डले भने– यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यो घर मेरो पनि हो

    काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट भट्टको निवासमा पुगेका हुन् ।

    भट्टसँग समसामयिक विषयमा छलफल गरेको प्रचण्डले बताएका छन् ।

    पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थें । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’

    लेखराज भट्ट राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको जानकारी प्रचण्डले दिए ।

    भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend