logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह

    कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह

    2K
    Shares
    कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह

    काठमाडौँ । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरे । सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दनिक ४० जना भन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गर्नुभयो । उहाँले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोनाबाट बच्नको लागि कोभिड १९ बिरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे ।

    उनले भने, ‘संक्रमणको बढोत्तरी हुँदैछ, अहिले बढेर सरदरमा ४० भन्दा माथि देखिन्छ । यसरी हेर्दा देशभर सक्रिय संक्रमितहरु ३५० को हाराहारीमा हुनुहुन्छ । केही समयअघि थिएन भन्दा पनि हुन्छ । कोभिडसँग मिल्दोजुल्दो संख्या पनि अलिकति बढी हो की समुदायमा भन्ने देखिन्छ । समग्रमा पछिल्लो समय कोभिड पुष्टि हुनेको संख्या बढेर गएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले संक्रमण भएपनि त्यत्ति धेरै फैलिएको अवस्था छैन । कोभिड १९ बिरुद्धको खोप लगाइसकेको भएकाले पनि रोग प्रतिरोधात्मक क्षमता बढीरहेको छ । त्यसले संक्रमण त्यत्ति धेरै समुदायसम्म पुगिसकेको छैन ।’
    सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि बताए । उनले

    सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नेगरी निर्देशन दिइसकेको बताए । उनले कोभिड १९ बिरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताए । उनले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक शतर्कता अपनाउन जरुरी रहेको बताए ।

    उनले भने, ‘हामीले अहिलेको कोभिड १९ को अवस्थालाई मध्यनजर गरी जनस्वास्थ्यका मापदण्ड विशेष रुपमा भीडभाडमा नजाने, हातको सरसफाईमा ध्यान दिने र मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । अस्पताल भर्ना हुने जटिलता रोक्न कोभिड १९ बिरुद्धको खोप लगाउनु नै पर्छ । संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नेगरी हामीले निर्देशन गरेका छौँ । जनस्वास्थ्यको मापदण्ड अपनाउनु नै अहिलेको मुख्य कुरा हो । कोरोनाबाट जोगिन कोरोबिरुद्धको खोप अभियान शुरु गरेका छौँ । पहिलो मात्रा धेरैलाई लगाइसकेका छौँ । स्थानीय तहसँग समन्वय गर्दा दोस्रो मात्रा लगाउन सकिन्छ । बुस्टर डोजका लागि पनि अहिले अभियान चलिरहेको छ । संक्रमणको बढोत्तरी हामीसँग छिमेकी मुलुकमा बढी देखिरहेको छ, त्यसमै रहेर हाम्रो पनि फैलिरहेको छ । अहिले संक्रमण बढ्ने क्रममा नै छ, यसलाई मध्यनजर गरेर हामीले तयारी गरेका छौँ । स्वास्थ्यका मापदण्ड नअपनाए यसले अलि बढी क्षति पु¥याउनसक्ने देखिन्छ, त्यसैले सबै सजग हुन जरुरी छ ।’

    सहायक प्रवक्ता अधिकारीले कोरोनाको संक्रमण दर बढीरहेकाले आम नागरिकहरुले समयमै शतर्कता अपनाउन आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend