logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइनः गभर्नर अधिकारी

    बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइनः गभर्नर अधिकारी

    1.6K
    Shares
    बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइनः गभर्नर अधिकारी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको दाबी गरेका छन् । मंगलवार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर वृद्धिको कारणले मात्रै अर्थतन्त्रमा समस्या नभएको जस्तो गरी आइरहेका अभिव्यक्ति जस्तो अहिलेको अर्थतन्त्रका समस्या र अर्थतन्त्र चलायमान नहुनुमा ब्याजदर मात्रै नभएको दाबी गरेका हुन् ।

    उनले मुलुकभित्र आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक नभएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या आउनुमा बैंकको ब्याजदर बाहेक अन्य तत्वहरु पनि रहेको बताए । उनले उद्योगी व्यवसायीहरुले घोषित रुपमा आन्दोलन गरी व्यवसाय बन्द गर्दा आर्थिक गतिविधि चलायमानमा समस्या भएको बताए । गभर्नर अधिकारीले ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औँला ठड्याएकोमा असन्तुष्टि व्यक्त गरे ।

    उनले राष्ट्र बैंक देखाएर राष्ट्र बैंक माथि औला ठडाउदा खुसी लाग्ने भन्दै एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ सबैले मनन गर्नुपर्ने बताए । गभर्नर अधिकारीले यो भन्दा अघि पनि कर्जाको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको बताए । उनले विगतमा १३ प्रतिशत ब्याजदर पुग्दा पनि आर्थिक क्रियाकलाप भइरहेकाले आम्दानी हुँदा बेवास्था गरिएको भन्दै अहिले आर्थिक क्रियाकलाप सुस्त भएकोले समस्या आएको बताए ।

    उनले भने,‘बैंकको ब्याजदर निर्धारणको सन्र्दभमा बजारमालाई छाडेका छौं । कही भ्वाइस लेसहरुको लागि राष्ट्र बैंकको इन्टर्भेन्सन छ । वेसरेटमा बैंक तथा वित्तीय संस्थाहरुलाई २ प्रतिशत भन्दा बढी नलिन भनेका छौं । लघुवित्तलाई १५ प्रतिशत भन्दा माथि ब्याज नलिनु भनेका छौं । त्यसमा करिव ८ देखि १० खर्ब होला बाँकी अरु बजारले तय गर्ने हो । बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थाको आधारमा ब्याजदर निर्धरण गर्छन् । अर्थतन्त्रको स्थिति बैंकका तथ्याङ्क हेर्दा निकै सुधार देखिन्छ । मैले अहिले गर्वका साथ भनेको छु अर्थतन्त्रमा सुधार आएको छ । गत वर्ष हामी निकै अफ्ठ्रो अवस्था थियौं । हाम्रो निन्द्रा लाग्दैन थियो । १२.८ प्रतिशत भनेको जिडिपीको करेन्ट एकाउण्ट डेफिसिट नेगेटिभ कुनै मुलुकको छैन । त्यो समयमा पाकिस्तानको हेर्दा ४.४ प्रतिशत करेन्ट एकाउण्ट डेफिसिट छ । जुन मुलुकमा जहाँ अहिले तीन महिनाको आयात धान्न समस्या भएको छ । अहिले हामी त्यो अवस्थाबाट ब्याक भएर सहज अवस्थामा आयौैं । भोलिको लागि आधारसिला बनायो । हामीले चोहको वस्तुहरु खरिद र पुँजी लगानी गर्न पायौं । अहिले अर्थतन्त्रमा भएको सुधारलाई सरकारले संरक्षण गर्नुपर्छ । यसलाई बचाएर लानुपर्छ अन्य क्षेत्रहरु समस्यामा छन् भने ती क्षेत्रलाई समावेश गर्दै यो वर्ष जति उपलब्धी भएको छ । त्यसलाई संरक्षण गरेर अघि बढ्नुपर्छ । अर्थतन्त्रमा अंकहरु सुधार भएका छन् तर जनताले अनुभव गर्न पाएको छैन । धेरै मानिसहरु अहिले पनि बैंकको ब्याज बढी भयो भनेर छट्पटिएको पाउँछौं । बैंकको ब्याजदर बढेर मात्रै हो की अन्य व्यवसायिक गतिविधि हुन नसकेर हो । अर्थतन्त्रमा ठ्याक्कै बैंकको ब्याज मात्रै होइन । व्यवसाय नै ब्याज र ऋणको मात्रै होइन । व्यवसाय अन्य केही छ त्यसको लागि ऋण लिएको होला । त्यो व्यवसायका अन्य कुनै कस्ट अफ फण्डहरु होलान् । हामीले ती कुराहरुतिर हेरिरहेका छैनौं । हामीलाई देख्नुभएको छ। हामी तिरै औंला ठडाउनुभएको छ । हामीलाई खुशी लाग्छ । राष्ट्र बैंकप्रतिको आशा जगाएका छन् । तर एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ। यो विश्लेषण गरौ । हिजो पनि १३ प्रतिशत पुगेको थियो त्यतिबेला आर्थिक क्रियाकलाप भइरहेका थिए। आम्दानी भइरहेको थियो त्यसले गर्दा बेवास्था गरेका थिए। अहिले आर्थिक क्रियाकलाप सुस्त भएको मात्रै समस्या आएको हो । म उदाहारण दिन्छु ।एउटा खाल्डोमा भरी पानी थियो। त्यो सबै पानी फालियो। त्यसमा बिस्तारै भर्दै जाँदा जब भरिएर बाहिर पोखिन्छ तब मात्रै अरुलाई अनुभव हुन्छ। तरलतामा सुधार भयो तर त्यसको अनुभव व्यवसायीले गर्न पाएका छैनन्।’

    गभर्नर अधिकारीले अहिले तरलता केही सहज भएपनि जनताले यसको अनुभुति गर्न नपाएको स्वीकार गरे । गभर्नर अधिकारीले राष्ट्र बैंकले बैंकको ब्याजदर निर्धारणको जिम्मा बजारलाई छाडेको बताए ।

    उनले बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थाको आधारमा ब्याजदर निर्धारण गर्ने बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend