logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • एमालेका नेताहरुले सिस्नु लगाएर मनाए सुदूरपश्चिममा बिसु पर्व

    एमालेका नेताहरुले सिस्नु लगाएर मनाए सुदूरपश्चिममा बिसु पर्व

    1.6K
    Shares
    एमालेका नेताहरुले सिस्नु लगाएर मनाए सुदूरपश्चिममा बिसु पर्व

    धनगढी। नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएर सुदूरपश्चिमको मौलिक पर्व विसु र नयाँ वर्ष मनाएका छन् । उक्त पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा कैलालीको धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गरेका हुन् ।

    पौडलले सिस्नु लगाएपछि अरु नेताहरुले पनि एक–अर्कालाई सिस्नु लगाए। मञ्चमा नेताहरुवीच सिस्नु लगाउने होड चलेपछि हलमा रहेका कार्यकर्तावीच पनि एकअर्कालाई सिस्नु लगाउने प्रतिस्पर्धा चलेको थियो ।

    ‘विसु पर्व सामाजिक एकता कायम गर्न महत्वपूर्ण हुने थाहा पाएपछि मैले नै यो कार्यक्रम आयोजना गर्ने सल्लाह दिएँ’ सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका कमाण्डर समेत रहेका पौडेलले भने ।

    वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आफूले पहल लिने उनले बताए । उनले भने, ‘यो पर्वको जगेर्ना गर्न जरुरी छ, यो पर्वलाई हरेक वर्ष सुदूरपश्चिममा मात्र होइन, घर–घर र टोलटोलमा मनाउन जरुरी छ ।’

    जसरी सुदूरपश्चिमको देउडा देशभर प्रिय बनेको छ, त्यसैगरी विसुपर्व पनि सबैलाई मनपर्ने पर्व सावित हुने उनले विश्वास व्यक्त गरे। विसु पर्वले विगतका मनमुटाव भुलेर एकताका साथ असल संकल्प लिएर अघि बढ्ने सन्देश दिन्छ, आज विसु पर्व मनाएपछि पनि एमालेका नेताले झैझगडा गरेमा आफूलाई उनको नाम दिन पनि नेता पौडलले आग्रह गरे ।

    सुदूरपश्चिमका नेतावीचको आपसी एकता कायम रहेमा यो प्रदेशमा एमाले एक नम्बर पार्टी बन्ने उनले विश्वास व्यक्त गरे। सबै नेता र कार्यकर्ताबीच एकता कायम हुनुपर्छ उपाध्यक्ष पौडेलले बताए।

    कार्यक्रममा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले विसु पर्वको औचित्यबारे प्रकाश पार्दै यो पर्व सुदूरपश्चिम, कर्णालीका साथै भारतका कुमाउ गढवालतिर पनि प्रसिद्ध रहेको दावी गरे ।

    प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी समिति सदस्यद्वय कर्णबहादुर थापा र विन्दा पाण्डेले विसु पर्वको सन्देशअनुसार पार्टी बलियो बनाउनु आपसी एकता बलियो हुनुपर्नेमा जोड दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend