logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतबाट मूल्य वृद्धि भएर आयो पेट्रोलियम पदार्थ

    भारतबाट मूल्य वृद्धि भएर आयो पेट्रोलियम पदार्थ

    2.7K
    Shares
    भारतबाट मूल्य वृद्धि भएर आयो  पेट्रोलियम पदार्थ

    काठमाडौँ । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । नेपाल आयल निगमका अनुसार आइतबार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको हो । आयल निगमले यसअघि मूल्य घटेर आउँदा पेट्रोल प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल १० रुपैयाँले मूल्य घटाएको थियो ।

    हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँने गर्छ। सो अनुरुप आइतबार पठाएको मूल्य बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

    पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेको छ । विगत १ महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल १५ डलर हाराहारीमा बढेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend