logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • २१ ओटा हराएका दुईपाङग्रे सवारी साधन खाेजी गरी हस्तान्तरण

    २१ ओटा हराएका दुईपाङग्रे सवारी साधन खाेजी गरी हस्तान्तरण

    2.5K
    Shares
    २१ ओटा हराएका दुईपाङग्रे सवारी साधन  खाेजी गरी हस्तान्तरण

    काठमाडौँ । ट्राफिक प्रहरीले  फरक-फरक समयमा  हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी कार्य गरी गाडी धनीलाई हस्तान्तरण गरेको छ ।

    आज  रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गरी  १४ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर धनीलाई प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गरेका हुन्।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ३६३ ओटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनिलाई जिम्मा लगाइसकेको छ । धनि नखुलेका ९५ वटा सवारी साधन भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन्।

    चालु आर्थिक वर्षमै २७ ओटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित ३१ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ ।

    हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन्।

    सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने  प्रहरी जनाएकाे  छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend