logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • २६ वैशाखमा एमाले सचिवालय बैठक

    २६ वैशाखमा एमाले सचिवालय बैठक

    1.5K
    Shares
    २६ वैशाखमा एमाले सचिवालय बैठक

    काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा वैशाख २६ गतेका लागि तय भएको जानकारी दिए ।

    यसैगरी, वैशाख २५ गतेका लागि केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ । एमालेले यही वैशाख २९ देखि ३१ गते झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    ‘केन्द्रीय कमिटी बैठकको तयारी र समसमायिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो,’ कार्यालय सचिव अधिकारीले भने । केन्द्रीय कमिटी बैठकमा ग्रास रुट अभियानको समीक्षा समेत गर्ने एमालेको तयारी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend