logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छः अध्यक्ष ढकाल

    अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छः अध्यक्ष ढकाल

    1.6K
    Shares
    अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छः अध्यक्ष ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार,नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

    बुधवार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

    उनले अर्थतन्त्रमा देखिका समस्या र चुनौति सरकार,नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताए । उनले पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको बताए । अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड–१९को असरको प्रभावको कारण,रसिया र युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गरे ।

    उनले वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे । उनले अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको बताए । उनले व्यवसायी लगायत अन्य कसैले पनि अर्थतन्त्रका विषयमा नकारात्मक सन्देश दिन नहुने बताए ।

    उनले पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेको बताए । उनले राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ महिनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलवारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने बताए ।

    उनले भने,‘पछिल्लो समय मुलुकको आर्थिक अवस्था जसरी संकुचन भएको छ । जुन कोभिड–१९को असरको प्रभावको कारण,रसिया र युक्रेन युद्व र नियामक निकायले लिएको कसिलो नीतिको कारण यस्तो अवस्था आएको छ । वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको छ । अर्थतन्त्रमा संकुचनमा आएसँगै हेरक घटानालाई अर्थतन्त्रसँग जोडिएर हेर्न थालिएको छ । व्यवसायी लगायत अन्य कसैले पनि नकारात्मक सन्देश दिनुहुँदैन । सकारात्मक रुपमा आत्मबल बढ्ने गरी दिन आवश्यक छ । पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेका छन् । २५ प्रतिशत भन्दा बढीले रेमिट्यान्स बढेको छ । पर्यटक आगमनमा वृद्धि भएको छ । बैंकको सिडी रेसियो ८५ प्रतिशतको रेसियोमा आएको छ । बैंकको ब्याजदर क्रमश घटेको छ । राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ मिहनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलवारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने छ । त्यसैले अहिलेको अर्थतन्त्रको समस्या र चुनौति आउनुमा सबै दोषी भएकाले सबै मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।’

    त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउनको लागि सबै मिल्नुपर्ने बताए । उनले सरकार,नियामक निकाय र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधारको काम गर्नु आवश्यक रहेको बताए । उनले सरकारलाई चालु खर्च धान्न पनि मुकिल भइरहेको बताउनु भयो। उहाँले उद्योगी व्यवसायीहरुका उद्योग व्यवसायहरु समेत दरिलो बनाउन आवश्यक रहेको बताए । उनले बीमा कम्पनीहरु मर्ज हुने तर मर्जपछि पनि नयाँ कम्पनीहरु आउने प्रचलन अन्त्य हुनुपर्ने बताए ।

    उनले पछिल्लो समय कम्पनीहरुले आइपीओ खोल्ने होड चलेको बताए । उनले आइपीओ खोल्ने होडलाई व्यवस्थित गर्नको लागि आइपीओ निकाल्ने कम्पनीको ५१ र ४९ प्रतिशत गरिनुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend