logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंमा आजदेखि रोजगार मेला शुरु

    काठमाडौंमा आजदेखि रोजगार मेला शुरु

    1.7K
    Shares
    काठमाडौंमा आजदेखि रोजगार मेला शुरु

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला शुरु भएको छ ।
    मंगलवारदेखि टेकुस्थित महासंघको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला शुरु भएको हो ।

    मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बीचमा पुलको काम गर्ने बताए । उनले महासंघले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको बताए ।

    उनले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पु र्‍याउने बताए । उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगार मेलाले रोक्नसक्ने बताए । अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोवल उच्च राख्न हेरक क्षेत्रबाट सरकार सहयोग गर्ने उल्लेख गरेको बताए । उनले सरकारले ल्याएको बजेटले निजी क्षेत्रको सहकार्य आवश्यकता औँल्याएको बताए । अध्यक्ष ढकालले बजेटले स्टार्टप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताए ।

    त्यस्तै,मेलामा आफूले खोजेको जस्तो रोजगार पाइने आशामा मेलामा आएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बरोजगारीको समस्या थोरै भएपनि कम हुने बताइन् । उनले आफूलाई आवश्यक परेको जस्तो रोजगार पाउन सकिने आशाले मेलामा आएको बताइन् ।

    उनले मुलुकभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरु बढेको भन्दै मेलामा आएर कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको बताइन् ।

    त्यस्तै, हिरामाया श्रेष्ठले अनलाइनहरुमा फेक रोजगारी प्रचार हुने भएकाले मेलामा प्रत्यक्ष रुपमा बुझ्न पाउने भएकाले मेलामा आएको बताइन् । उनले किसानदेखि भान्सासम्म शब्जी ल्याण्डमा रोजगारी पाएको बताइन् । उनले विदेश जानुभन्दा पनि नेपालमा नै रोजगारी खोजेर बस्नसके मुलुक राम्रो हुने बताइन् ।

    मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला शुरु भएको छ ।

    रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेका छन् । महासंघले मेलामा कामको खोजिमा रहेका ५ हजार भन्दी बढी युवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेलामा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend