logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ईपीजी रिपोर्टबारे कुनै कुराकानी भएको छैन : भारतीय विदेश सचिव विनयमोहन

    ईपीजी रिपोर्टबारे कुनै कुराकानी भएको छैन : भारतीय विदेश सचिव विनयमोहन

    1.9K
    Shares
    ईपीजी रिपोर्टबारे कुनै कुराकानी भएको छैन : भारतीय विदेश सचिव विनयमोहन

    काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच हैदरबाद हाउसमा भएको भेटमा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिबेदनबारे कुनै छलफल नभएको भारतीय विदेश सचिवले बताएका छन् ।

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदबीच हैदराबाद मा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसलगत्तै, प्रतिनिधिमण्डल स्तरमा पनि वार्ता भएको थियो ।

    दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सात सहमति तथा सम्झौता गरिएको सर्वाजनिक गरे ।

    तर संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले ईपीजीबारे केही बोलेनन् ।

    भारतीय विदेश मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सचिव विनयमोहन क्वात्रालाई ईपीजी रिपोर्टबारे पत्रकारहरुले गरेको प्रश्नको जवाफमा उनले आफूले थाहा पाएसम्म वान अन वान र प्रतिनिधिमण्डल स्तरको भेटवार्ताका क्रममा ईपीजीसँगै अग्निपथ योजनासम्बन्धमा कुनै कुराकानी नभएको बताए ।

    नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले सहमतिमा तयार पारेको प्रतिबेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भएपनि अहिलेसम्म भारतीय प्रधानमन्त्रीले बुझेका छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend