logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेश सरकार : अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै

    सुदूरपश्चिम प्रदेश सरकार : अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै

    2.1K
    Shares
    सुदूरपश्चिम प्रदेश सरकार : अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउँदैछ ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका अनुसार आजको प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको हो ।

    उनले नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक चलिरहेको जानकारी दिए ।

    मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइने र उनले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ ।

    सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगाडि नै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएतापनि सुदूरपश्चिममा भने ढिलाइ भएको हो ।

    असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

    काँग्रेसका कमलबहादुर शाह नेतृत्वमा रहेकाे सरकारले पहिलो पटक नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend