logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

    कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

    1.5K
    Shares
    कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

    काठमाडौं । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

    स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएका र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

    कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ –५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको उनले जानकारी दिए। घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ –५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend