logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन काँग्रेस सभापति देउवाको निर्देशन

    पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन काँग्रेस सभापति देउवाको निर्देशन

    1.4K
    Shares
    पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन काँग्रेस सभापति देउवाको निर्देशन

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।

    सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताए । शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे ।

    सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

    उनले भने, ‘अहिलेको बेला नेपाली काँग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्‍याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ । हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लडदै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ । त्यसका निम्ति महत्वपूर्ण जिल्लाबाट सुरु भएको यो आन्दोलन देशभरीनै यो संगठनलाई बलियो बनाउने, पार्टीलाई बलियो बनाउँदै प्रजातन्त्रलाई बलियो पर्छ । अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरु उठेका छन साथीहरु । उठाउनु पनि पर्छ । कुरा महत्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरुमा सहमती हुन जरुरी छ । यदि सहमती हुन सक्यो भने यी विचारहरु नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरुलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिवद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊ । ’

    त्यस अवसरमा सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend