logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री सुदन किराती भन्छन्,- ‘मन्त्री पद मामुली कुरा हो, गलत गरें शिर काटेर दिन्छु’

    मन्त्री सुदन किराती भन्छन्,- ‘मन्त्री पद मामुली कुरा हो, गलत गरें शिर काटेर दिन्छु’

    1.7K
    Shares
    मन्त्री सुदन किराती भन्छन्,- ‘मन्त्री पद मामुली कुरा हो, गलत गरें शिर काटेर दिन्छु’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नराम्रो काम नगर्न निर्देशन दिएको बताएका छन् ।

    किरात राई समुदायले शनिबार काठमाडौंको तीनकुनेमा आयोजना गरेको साकेला शिलि प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सानो हुँदा आमाले र अहिले प्रधानमन्त्रीले नराम्रो काम नगर्न आग्रह गरेको उल्लेख गरे ।

    मन्त्री किराँतीले भने, ‘मलाई आमाले सानोमा गलत काम नगर्नू भनेर अर्ती दिनुभएको छ । अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री तथा मेरो पार्टीका श्रद्धेय अध्यक्षले राम्रो काम गर्न अथक मेहेनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिनुभएको छ’

    उनले आगडि थपे, ‘हेक्का रहोस् म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको खेती गरेर नहिँड्न मेरो अनुरोध छ ।’

    देश र जनतालाई धोका नदिँदा आफ्नो मन्त्री पदको सौदाबाजी भइरहेको मन्त्री किराँतीको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend