logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

    क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

    3.4K
    Shares
    क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

    एजेन्सी । क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कूल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ ।

    क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।

    सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ।

    क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी–७ देशहरूमा अग्रपङ्तिमा छ ।

    यदि जनसङ्याङ् वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend