logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सिन्धुपाल्चोकमा किसान उत्पादन सङ्कलन केन्द्र स्थापना

    सिन्धुपाल्चोकमा किसान उत्पादन सङ्कलन केन्द्र स्थापना

    2.4K
    Shares
    सिन्धुपाल्चोकमा किसान उत्पादन सङ्कलन केन्द्र स्थापना

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो ।

    तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्धसमेत मिलाइएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

    तरकारी सङ्कलन केन्द्र सञ्चालनको जिम्मेवारी कृष्णबहादुर श्रेष्ठलाई दिइएको छ । सङ्कलन केन्द्रमा किसानद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला, सिमीलगायत तरकारी राखिएको छ । सङ्कलन केन्द्रमा दुई सय किलो गोलभेँडा राखिएको छ ।

    किसानले तरकारीको मूल्य भने बजार मूल्यअनुसार नै पाउनेछन् । यसका लागि बिक्रेता किसानको कुनै पनि बैङ्कमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्ने छ । किसानबाट खरिद गरेको तरकारीलगायत उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले जम्मा गर्ने नगरप्रमुख सापकोटाले बताए ।

    किसानको उत्पादन नगरपालिकामार्फत श्रेष्ठले खरिद गर्नेछन् । ‘किसानले कुनै पनि उत्पादन बिक्री भएन भनेर फाल्नुपर्ने अवस्था आउने छैन’, उनले भने।

    किसानका सबै उत्पादन खरिद गरी स्थानीय बजारमा खपत नभए राजधानी काठमाडौँसम्म लैजाने प्रबन्ध मिलाइएको सापकोटाले बताए । नगरपालिकाले चाँडै कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend