logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने मिसनमा छ : अध्यक्ष ओली

    एमाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने मिसनमा छ : अध्यक्ष ओली

    2.8K
    Shares
    एमाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने मिसनमा छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडा–वडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।

    आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सिद्धिसकेका तत्वहरुले समाजवादी मोर्चा बनाउने प्रयास गरेकाले त्यसमा आत्तिनुपर्ने कुनै कारण नरहेको पनि उनले बताए ।

    ओलीले भने, ‘मिसन २०८४ । हामीलाई चाहिएको हरेक वडामा एमालेको बहुमत । माथि यसै बहुमत हुन्छ । जिल्लामा बहुमत, प्रदेशमा बहुमत भन्नै पर्दैन । वडामा बहुमत भयो भने सबैतिर बहुमत यसै हुन्छ । आफ्नो बडामा बहुमत बनाउन त्यत्ति त सकिन्छ होला नि । अन्तको कुरा छोडिदिऊ । आफू बसेको बडामा बहुमत बनाऔं । एक्लै बहुमत बनाऊ । सिद्धिएका तत्वहरु मिलेर मोर्चा बनाउँछन रे । अनि के हुन्छ त्यो मोर्चाले ? त्यसकारण यस्ता कुनै पनि कुराहरुसँग हामीले वास्ता गरिरहनुपर्ने होइन । हामी दृढताका साथ अगाडि बढछौं । यो कुरा ख्याल राख्नुस–हामो पार्टीको विरुद्ध पार्टीलाई लाञ्छना लगाउने, पार्टीको अपमान गर्ने, पार्टीले गरेका कामहरु बिसाई दिने, केही गरेकै छैन भन्ने अनि अनेक प्रकारका आरोप, लाञ्छना, पार्टीलाई जनतामा अलग गराउने, पार्टी प्रति जनताको मनमा घृणा फैलियोस् । त्यस प्रकारका प्रयासहरु गलत तत्वहरु, जो यो देशमा प्रगति नहोस् । यो देशमा राष्ट्रिय एकता बलियो नहोस् । यस देशका जनताको एकता बलियो नहोस् । र, यो देशका विकास नहोस् भन्ने चाहन्छन । त्यस्ता तत्वहरु एमाले विरुद्ध एकजुट भएर लागेका छन । यो कुराबाट तर्सिनुपर्ने छैन । अरु एकातिर, एमाले एकातिर । एमाले एक्लै ५० प्रतिशतभन्दामाथि । भईगो नि । त्यसकारण हामी एक्लै ५० प्रतिशत भन्दा माथि हुने गरी अगाडि बढनु पर्छ ।’

    ओली देशविरोधी शक्तिहरु एमालेको विरुद्धमा लागि परेको आरोप समेत लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend