logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • कृषिविज्ञकाे दाबी–उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति सम्भव छैन

    कृषिविज्ञकाे दाबी–उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति सम्भव छैन

    2.1K
    Shares
    कृषिविज्ञकाे दाबी–उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति सम्भव छैन

    काठमाडौं । कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा उल्लेखनीय प्रगति नहुने बताएका छन् ।

    उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए । विश्वमा कुनैपनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरुको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तिब्र रुपमा क्रान्ति गरेको बताए ।

    बुधवार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारण सभामा बोल्दै समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको बताए । उनले कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताए ।

    उनले भने, ‘कृषि इन्स्टिट्यसशन हरेक देशमा मैले देखेको छु । सेन्टर अफ एक्सलेन्सको रुपमा इन्स्टिट्युशनहरु जहाँ छन्, त्यहाँ उनीहरुले कृषिमा कसरी प्रगति गरेको छ, त्यो कुरा मैले देखेको छु । नेपालमा एउटा कृषि अनुसन्धानको सेन्टर फर एक्सलेन्स जस्तै एउटा इन्स्टिट्युट हुनुपर्छ । त्यो नभएसम्म र त्यसले फंग्शन गर्न नपाएसम्म देशको कृषिको विकास हुन सक्दैन । सेन्टर फर एक्सलेन्स इन एग्रिकल्चर रिसर्च भन्नेकुरा चाहिन्छ । त्यो हुँदैन भने त्यो देशको कृषिमा वाञ्छनीय प्रगति हुन सक्दैन । आत्मरतिको लागि मात्रै भन्नेकुरा हुन्छ ।’

    उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भ्रष्टाचार व्याप्त भएको गुनासो गरे । उनले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताए ।

    उनले भने, ‘नार्कको यो अवस्था किन भयो, जुन अवस्थामा अहिले नार्क छ । यसको मुख्य कारण हो, भ्रष्टाचार, नार्कमा व्यापक भ्रष्टाचार छ । कसैलाई राम्रो लाग्ला वा नलाग्ला भ्रष्टाचार व्यापक छ । नार्कको काममा आर्थिक चलखेल त छ नै व्यापक छ । अर्कोथरी भनेको त्यहाँ सरुवा, बढुवा, नियुक्तिमा पनि भ्रष्टाचार हुने गरेको छ ।’

    कार्यक्रममा बोल्दै समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताए । उनले यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने स्थिति रहेको बताए ।

    उनले भने, ‘रिसर्च कुन अवस्थामा गइरहेको छ । डाइब्याकको कुरा आयो, डाइ ब्याक मात्रै भइरहेको छ, निकट भविष्यमा अनुसन्धान डाइ नै हुने हो ? यो गम्भीर कुरा छ । आजसम्म किन नार्क राम्रो भएन ? किन विवादमा आइरहन्छ ? अटोनोमस चाहिन्छ नार्कमा यो मान्छु म । कुनैबेला म मान्दिनँ थिएँ । अब आउने नीतिमा यसमा अझै संघर्ष ठुलो गर्नुपर्ने हुन्छ । नीति नियमले नार्क चल्नुपर्छ । नार्कमा जहाँ, जसले जे गरेपनि भएको छ ।’

    अध्यक्ष गौतमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend