logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • मुम्बईमा दुर्घटनापछि बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

    मुम्बईमा दुर्घटनापछि बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

    3.2K
    Shares
    मुम्बईमा दुर्घटनापछि बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

    एजेन्सी । भारतको महाराष्ट्रस्थित मुम्बई–नागरपुर एक्सप्रेसवेमा एक बस दुर्घटनामा परी २५ जनाको ज्यान गएको छ ।

    नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ गईरहेको २९ बीई १८१९ को बसको टायर फुटेर चालकको नियन्त्रणबाहिर गएको थियो। त्यसपछि एक पोलमा ठोक्किँदा बसमा आगो लागेको थियो।

    बुलढानाका प्रहरी उपरीक्षक सुनिल कडासानेले तीमध्ये २५ जनाको मृत्यु भएको पुष्टि गरे। बसमा ३३ जना यात्रु सवार थिए।

    पोलमा ठोक्किएपछि बसको डिजेल ट्यांकी विस्फोट भएको थियो, त्यसपछि स्पार्कका कारण बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको हो। दुर्घटनामा बाँचेका केही यात्रु सिसा तोडेर बाहिर निस्कन सफल भएको कडासानेले बताए।

    मृतकहरूको सनाखत भने हुन सकेको छैन । घाइते यात्रुहरुको बुलढाना अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    दुर्घटनालगत्तै घटनास्थलमा प्रहरीसहित उद्धार टोली पुगेको थियो। दमकलले बसको आगो निभाएको छ। मृत्यु भएका यात्रुको शव बाहिर निकालेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    दुर्घटनामा बाँचेका यात्रुहरूबाट प्रहरीले घटनाबारे जानकारी लिएको थियो।

    ‘म छत्रपति संभाजीनगरमा ओर्लन लागेको थिएँ । एक घण्टामा मेरो स्टप हुने भएकाले म ओर्लने तयारी गर्न थालेको थिएँ। त्यसपछि गाडी पल्टियो। म र मेरो साथी तल खस्यौँ।’ घाइते एक यात्रुले भने ।

    उनले अगाडि थपे, ‘त्यसपपछि हामीले सिसा फोडेर हाम फाल्यौँ। अरुले पनि भाग्ने प्रयास गरिरहेकै थिए, बस पल्टियो। बस पल्टिनेबित्तिकै आगो लाग्यो। आगो बढ्दै गयो। हामीले यात्रुहरूको चिच्याहट सुन्यौं, तर हामीले केही गर्न सकेनौं।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend