logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • प्रचण्डको विवादित अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको टिप्पणी : ‘नकचरोपन’ को परिणाम हो

    प्रचण्डको विवादित अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको टिप्पणी : ‘नकचरोपन’ को परिणाम हो

    1.8K
    Shares
    प्रचण्डको विवादित अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको टिप्पणी : ‘नकचरोपन’ को परिणाम हो

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो विवादास्पद अभिव्यक्तिको कडा आलोचना गरेका गरेका छन् ।

    एमाले नेता पोखरेलले ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

    उनले भने प्रचण्डको यस अभिव्यक्तिलाई ‘नकचरोपनको परिणाम’ संज्ञा दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत पोखरेलले लेखेका छन्– ‘प्रचण्डजी धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् ।’

    उनले अगाडि थप उल्लेख गर्दै भनेका छन्– ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।’

    प्रचण्डको अभिव्यक्ति अक्षम्य भएको उल्लेख गर्दै उनले सांसदलाई यस विषयमा गम्भीर ध्यान दिन पनि आग्रह समेत गरे ।

    ‘जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीररूपमा जाने नै छ,’ पोखरेलले उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend