logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • इन्टरनेटबाट हुने कामकाज सुरक्षित राख्न जरुरी: सभामुख पाठक

    इन्टरनेटबाट हुने कामकाज सुरक्षित राख्न जरुरी: सभामुख पाठक

    1.9K
    Shares
    इन्टरनेटबाट हुने कामकाज सुरक्षित राख्न जरुरी: सभामुख पाठक

    काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकार ‘पेपरलेस सिस्टम’ कार्यान्वयनमा अघि बढेको भन्दै इन्टरनेटबाट हुने कामकाजलाई सुरक्षित गर्न जरुरी रहेको बताएका छन् ।

    हेटौँडामा नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा प्रदेशसभा सदस्यका लागि इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग विषयक तालिममा सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टर ह्याक गर्न सक्नेमा सचेत गराए ।

    उनले सरकारले साइबर सुरक्षासम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । पछिल्लो समय साइबर अपराधका घटनामा बढिरहेको भन्दै उनले साइबार अपराध न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए ।

    क्यान महासङ्घ नेपालका महासचिव एवम् साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले तालिमको सहजीकरण गरेका थिए। तालिममा बागमती प्रदेशका ८० सांसदहरुको उपस्थिति छ ।

    नेपाल बन्छ जब नेपालमा नै बनाइन्छ, सफ्टवेयरबाट समृद्धि नारालाई आत्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनीहरुको भनाइ थियो । साइबर सुरक्षाको चुनौतीलाई न्यूनीकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारीको भनाइ छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशन विजयकुमार रायको ७७ वटै जिल्लाका स्थानीय तहमा फोरजी र ब्रोडब्याड इन्टरनेट सेवाको विस्तार भएको बताए।

    सेवाको विस्तारसहित चुनौती पनि बढेको उहाँको भनाइ छ । उनका अनुसार हाल करिब ९५ प्रतिशत जनसङ्ख्यामा मोबाइल ब्रोडब्याण्ड सेवा पुगेको छ । साइबर सुरक्षाका विषयमा नीति निर्माणसँगै चुनौती न्यूनीकरणका लागि आम नागरिकलाई अभिमुखीकरण गर्दै अघि बढ्नुपर्ने रायले धारणा राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend