logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्ड तीन दिन कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने

    पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्ड तीन दिन कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने

    3.9K
    Shares
    पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्ड तीन दिन कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने

    काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक कार्यक्रम तीन दिनका लागि स्थगित गरिएका छन् ।

    हिजो (बुधबार) सीता दाहालको निधनपछि पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक कार्यक्रममा सरिक नहुने भएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको हो ।

    उनले समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेटको समय मिलाइएको जनाकारी दिए। सल्लाहकार आचार्यले ‘आज पनि समवेदना साट्न आउनेहरुलाई धन्यवाद दिनुभयो, फेरि साँझ हुनेछ’, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend