logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • गुजरातमा रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो

    गुजरातमा रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो

    4.1K
    Shares
    गुजरातमा रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो

    एजेन्सी । भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ ।

    राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाह नजिक शुक्रबार झिसमिसेमा मालबाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक जना कर्मचारीले सिन्ह्वालाई टेलिफोनमा बताए ।

    रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए । मरेको र घाइते दुवै भाले हुन् । दुई वटा पोथी भने सुरक्षित रुपमा रेलमार्गबाट निस्केका थिए ।

    सिंहको बथान देख्नेवित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए । निरन्तरको वर्षा र टाढैबाट वन्यजन्तुको आवागमन स्पष्ट देख्ने नसक्दा उक्त दुर्घना भएको हो । घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend