logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु

    सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु

    2.7K
    Shares
    सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ ।

    औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ ।

    अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको बताए ।

    मिश्रले भने, ‘केहि फार्मेसीहरुको दर्ता प्रमाणपत्र नविकरण नभएको पाइएको छ । विभागमा दर्ता नभएका औषधिहरु पनि फार्मेसीमा राखिएको देखियो । त्यसता औषधिहरु स्याम्पलसहित फिर्ता लिएका छौं । जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो । केही औषधि पसलमा कष्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो । त्यो हटाउन लगाएका छौं । केही औषधि पसलमा औषधि पसल सञ्चालक र फर्मासिस्ट नै नभएको पनि देखियो । उहाँहरुलाई समय दिएर औषधि व्यवस्था विभागमा उपस्थित हुन भनेका छौं ।’

    अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताए । फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारणपनि औषधि क्षेत्रमा समस्या रहेको बताए ।

    उनले भने, ‘देशभरका फामेर्सीहरुको अनुगमन गर्ने कार्यक्रम राखेका छौं । त्यसै अनुरुप काठमाडौं उपत्यकाका फार्मेसीहरुको अनुगमन गर्न लागेका हौं । एउटा टोलीले तीनदेखि पाँच वटा फार्मेसीको अनुगमन गर्नेछ । फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका छन् । कतिपय फार्मेसीहरु स्वीकृत बिना सञ्चालन भइरहेको भन्ने गुनासो आएको छ । फार्मेसीमा परिवारका सदस्यहरुलाई राख्ने गरेको समेत गुनासो प्राप्त भएको छ ।’ ‘औषधि बिक्री वितरतणमा अराजक स्थिति सृजना भयो । हाइडोजका औषधिहरु जाने भए । लागुुऔषध औषधिहरु पनि गलत तरिकाले वितरण हुन थाल्यो, एन्टीबायोटिक औषधिहरु चिकित्सकहरुको प्रेष्कृप्सन बिना बिक्री हुन थाल्यो भन्ने गुनासो प्राप्त भएपछि यी गुनासा नियन्त्रण गर्नका लागि निरीक्षणको काम शुरु गर्न खोजेका हौं ।’

    मन्त्री बस्नेतले फार्मेसी नभएर लाइसेन्स प्राप्त फर्मासिस्टको प्रमाणपत्र झुन्डाइएको अवस्था देखिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend