logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कोशी सरकारकाे विवाद निरुपण गर्न सर्वोच्चले तोक्यो पूर्ण इजलास

    कोशी सरकारकाे विवाद निरुपण गर्न सर्वोच्चले तोक्यो पूर्ण इजलास

    2.8K
    Shares
    कोशी सरकारकाे विवाद निरुपण गर्न सर्वोच्चले तोक्यो पूर्ण इजलास

    काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

    प्रदेशका सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि एमालेका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलास उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको हो ।

    हिजो (सोमबार) न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा जटिल संवैधानिक प्रश्न समावेश भएको भन्दै सो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको थियो ।

    सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने लागेमा पठाउन सक्ने व्यवस्था रहेको छ ।

    तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएर उनी पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।

    असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गराएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    त्यसपछि एमाले संसदीय दलका नेता कार्कीले सभामुखको समर्थनबाट सरकार बनाइनु गैर संवैधानिक अभ्यास भएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend