logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पत्रकार कुट्ने रास्वपाका बझाङ जिल्ला संयोजक खड्का निलम्बित

    पत्रकार कुट्ने रास्वपाका बझाङ जिल्ला संयोजक खड्का निलम्बित

    3.1K
    Shares
    पत्रकार कुट्ने रास्वपाका बझाङ जिल्ला संयोजक खड्का निलम्बित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन्।

    बझाङमा होटल व्यवसाय सञ्चालन गर्दै आईरहेका खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोप लागेपछि उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

    उक्त विषयमा पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको जनाइएको छ । अनुसन्धानपछि आवश्यक कारबाही गरिने प्रवक्ता ढकालले बताए।

    ‘पत्रकारमाथी हातपात गरेको भनि आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ । अनुशासन समितिले थप अनुसन्धान गर्दैछ। अनुसन्धान अनुसारपछि थप कारबाही गरिनेछ।’ प्रवक्ता ढकालले भने ।

    सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका थिए।

    खड्का होटल होलि डे इनका सञ्चालक समेत हुन्।

    खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति समेत निकालेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend