logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षकको मोटरसाइकल दुर्घटनामा मृत्यु

    राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षकको मोटरसाइकल दुर्घटनामा मृत्यु

    2.7K
    Shares
    राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षकको मोटरसाइकल दुर्घटनामा  मृत्यु

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा हुँदा एक अनुसन्धान अधिकृतको मृत्यु भएको छ ।

    फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ का राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत अनुसन्धान निरीक्षक साह मङ्गलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका हुन् । उनको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend