logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पत्रकार कुट्ने रास्वपाका निलम्बित नेता खड्काविरुद्ध प्रहरीमा उजुरी

    पत्रकार कुट्ने रास्वपाका निलम्बित नेता खड्काविरुद्ध प्रहरीमा उजुरी

    2.6K
    Shares
    पत्रकार कुट्ने रास्वपाका निलम्बित नेता खड्काविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

    रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर होटल होलि डे इनमा थुनेर कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

    सोमबार खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी होटल होलि डे इनमा लगि कुटपिट गरेको भन्दै मण्डेलले प्रहरीमा उजुरी दिएका हुन् ।

    पत्रकारलाई अपहरण गरी कुटपिट गरेको उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति निकालेका थिए ।

    मंगलबार पत्रकार महासंघ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र चौतारीका तर्फबाट सहसचिव सुरश धामीले छुट्टा छुट्टै जारी विज्ञप्तिमा प्रेस विरोधी कार्यको भर्त्सना गरेका थिए ।

    उता पत्रकार कुटेको घटना सार्वजनिक भएसँगै खड्का भने रास्वपाबाट निलम्बनमा परेका छन् । पत्रकार कुट्ने खड्का पहिले नेपाली कांग्रेसमा आवद्ध रहँदै विवेकशील साझामा प्रवेश गरेका थिए ।

    केही समय पहिले साझा पार्टी त्यागी रास्वपा प्रवेश गरेर जिल्ला संयोजकको कार्यभार सम्हाल्दै आएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend