logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • स्ववियुको तालाबन्दीका कारण महाराजगञ्ज मेडिकल कलेजकाे पठनपाठन अवरुद्ध

    स्ववियुको तालाबन्दीका कारण महाराजगञ्ज मेडिकल कलेजकाे पठनपाठन अवरुद्ध

    1K
    Shares
    स्ववियुको तालाबन्दीका कारण महाराजगञ्ज मेडिकल कलेजकाे पठनपाठन अवरुद्ध

    काठमाडौं । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न मागसहित तालाबन्दी गरेपछि क्याम्पस प्रमुखको निर्देशनमा पठनपाठन नै बन्द गरिएको छ ।

    क्याम्पस प्रमुख प्रा डा अर्जुनप्रसाद लामिछानेले विभागीय प्रमुखहरूको बैठक डाँकेर पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् । यस विषयमा चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी दिइएको छ ।

    स्ववियुले साउन ८ गतेदेखि तालाबन्दी गरेको भन्दै यस्तो अवस्थामा पठनपाठन गराउन नसकिने बताइएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कुनै तरिकाले गल्ती गरी अनुगमन तथा अनुशासन समितिले छानविन गरी कारवाही गर्ने सिफारिस गरेमा सोको कार्यान्वयन गर्ने निर्णय लिएको छ ।

    त्यस्तै, विद्यार्थीले कुनै पनि बहानामा क्याम्पसमा तालाबन्दी गरेमा सो अवधिमा सम्पूर्ण शैक्षिक कार्यक्रमहरू बन्द गर्ने निर्णय समेत विभागीय प्रमुख तथा सरोकारवाला निकायको बैठकबाट लिएको छ ।

    क्याम्पस तालाबन्दी भएको अवधिमा यूजी (अण्डर ग्रेजुएट) का सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द गर्ने समेत निर्णय लिइएको छ ।

    विद्यार्थीले तालाबन्दी गरेको खण्डमा जतिदिन तालाबन्दी गरिएको हो, यूजीका परीक्षा समेत त्यक्तिकै दिन पछाडि सार्न परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयमा सिफारिस समेत गरेको छ ।

    स्ववियुले क्याम्पस प्रमुखको कार्यालय, सामान्य प्रशासन शाखा, आर्थिक शाखामा तालाबन्दी गरेको छ । विद्यार्थीको पठनपाठनमा कुनै अवरोध नहोस् भनेर शैक्षिक शाखामा तालाबन्दी नगरिएको स्ववियुले जनाएको छ । यद्यपि, क्याम्पस प्रशासनले भने शैक्षिक शाखामा पनि तालाबन्दी गरिएको बताएको छ ।

    talabandi


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend