logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

    4K
    Shares
    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

    काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको सर्वोच्चको पूर्ण इजलासले सभामुखको समर्थनसहित थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश जारी गरेको हो ।

    गत असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । उक्त समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    तर प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहनु पर्ने सभामुखको समर्थनबाट सरकार बन्नु असंवैधानिक भएको बताउँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

    उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग रिटमा गरेका थिए ।

    सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने तर्क गरेको छ। सभामुखको त्यस प्रकारको अधिकार नरहेको व्याख्या गर्दै सर्वोच्चले सभामुखको समर्थन संविधानसम्मत नभएको बताएको छ ।

    सर्वोच्चले एमाले नेता कार्कीको चाहना मुताविक उनलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन अस्वीकार गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend