logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँसेर स्थगित

    प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँसेर स्थगित

    1.5K
    Shares
    प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँसेर स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने जनाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

    अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो।

    १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि प्रतिनिधि सभा बैठक सञ्चालमा समझदारी जुट्न सकेको छैन् ।

    एमालेले आफ्नो अडानमा टसमस नहुने र सत्ता पक्षले राज्यको स्थापित निकायबाटै अनुसन्धान जारी रहेको अवस्थामा छुट्टै निकाय खडा गर्न नसकिने भनेपछि दुवै पक्षबीच सहमति जुट्न नसकेको बताइएको छ ।

    यसअघि एमालेको अडानपछि सोमबार पनि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend