logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • माओवादीको केन्द्रीय समिति विस्तार गरी ४०७ सदस्यीय बनाइने

    माओवादीको केन्द्रीय समिति विस्तार गरी ४०७ सदस्यीय बनाइने

    1.2K
    Shares
    माओवादीको केन्द्रीय समिति विस्तार गरी ४०७ सदस्यीय बनाइने

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । हालसम्म ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी ४०७ सदस्यीय बनाउने तयारी माओवादी केन्द्रले गरेको बुझिएको छ ।

    पार्टी सचिव गणेश शाहले आज बुधवार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएको जानकारी दिए ।

    बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सदस्यता विस्तारकै लागि विधान संशोधन प्रस्ताव पेश गरिँदै छ।

    केन्द्रीय समितिले विधान संशोधनपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने तय भएको उनले जानकारी दिए ।

    माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा चल्दै छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend