logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    2.1K
    Shares
    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

    प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा विभिन्न पार्टी कमिटीका बैठकको तयारी र एजेण्डाबारे छलफल गरिने छ ।

    ‘स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषय छलफलका एजेण्डा छन्’, प्रचार विभाग प्रमुख खतिवडाले बताएका छन् ।

    उक्त पार्टीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्युरो भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म गर्ने तय यसअघि नै भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend