logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • विदेश उडे माधव नेपाल, अदालतको फैसलाबारे जानकार रहेकाे भनाइ

    विदेश उडे माधव नेपाल, अदालतको फैसलाबारे जानकार रहेकाे भनाइ

    3.8K
    Shares
    विदेश उडे माधव नेपाल, अदालतको फैसलाबारे जानकार रहेकाे भनाइ

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विदेश भ्रमणमा गएका छन् ।

    प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उडेका हुन् ।

    सर्वोच्च अदालतको अदालतबाट भएको फैसलाका सन्दर्भमा नेपाल जानकार रहेको पनि सचिवालय जनाएको छ ।

    सचिवालयले भनेको छ, ‘हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ। उहाँ भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । ’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend