logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप

    बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप

    2.5K
    Shares
    बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप

    बागमती । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ । यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए ।

    उनले भने, ‘सबै पशुलाई खोप लगाउन नसके पनि अभियान सञ्चालन गरेर सन्देश दिन मन्त्रालयले चाहेको छ ।’ प्रदेशभित्रका सबै जिल्लामा गोठमै गएर खोप लगाइने छ । एउटा पशुलाई खोप लगाउने प्राविधिकले २० रुपैँया पाउने छन् । निजी क्षेत्रबाट प्राविधिक छनोट गरेर खोप लगाउन लागिएको हो ।

    एउटा पशुलाई खोप लगाउँदा खोपको मूल्य रु एक सय ३० हाराहारी पर्न आउँछ । यो अभियानमा प्रदेशले करिब एक करोड खर्च गर्न लागेको उनले जानकारी दिए ।

    हालसम्म बागमती प्रदेशमा लम्पी स्किनबाट कूल सङ्क्रमित पशुको सङ्ख्या दुई लाख चार हजार नौ सय ८८ पुगेको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ३३ हजार छ सय २४ छन् भने कम ललितपुरमा एक हजार आठ सय ८८ छन् । सक्रिय सङ्क्रमित पशुको सङ्ख्या एक लाख १० हजार चार सय ४० रहेको उनले जानकारी दिए।

    जसमा काभ्रेपलान्चोकमा सबैभन्दा बढी २७ हजार दुई सय ९९ र ललितपुरमा सबैभन्दा कम छ सय ५१ छन् । सङ्क्रमणमुक्त भएका पशुको सङ्ख्या ८८ हजार दुई सय ५७ पुगेको छ ।

    उक्त रोगका कारण हालसम्म ६ हजार दुई सय ९१ पशु मरेका छन् । जसमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी आठ सय ९६ छन् भने सबैभन्दा कम ललितपुरमा एक सय ४५ छन् ।

    हालसम्म एक लाख ३२ हजार नौ सय पशुलाई खोप लगाइसकिएको छ । सचिव पाण्डेले रोग नियन्त्रणका लागि सुरुका दिनदेखि हालसम्म प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयमार्फत काम गरिरहेको बताए ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend