logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एमालेकाे नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित

    एमालेकाे नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित

    2K
    Shares
    एमालेकाे नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ ।

    बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो ।

    बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरुको बिरोध जारी रहने बताए ।

    सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरु पनि उठेर बिरोध जनाएका थिए । सभाामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरु नबसेपछि अवरोधकै बीचमा सांसद थापाले आफ्नो भनाई टुंग्याएका थिए । लगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

    सभामुखले पटक–पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालले नाराबाजी रोकेन । प्रतिनिधि सभाको अर्को बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend