logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • डोल्पामा २६ दिनदेखि अवरुद्ध हवाई सेवा सुचारु

    डोल्पामा २६ दिनदेखि अवरुद्ध हवाई सेवा सुचारु

    2.5K
    Shares
    डोल्पामा २६ दिनदेखि अवरुद्ध हवाई सेवा सुचारु

    डोल्पा । मौसममा सुधार आएसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । अविरल बर्षाका कारण नेपालगन्ज डोल्पा आउने विमानको आकाशी मार्ग अवरुद्ध भई छब्बीस दिनसम्म हवाई सेवा बन्द भएको थियो ।

    मौसममा सुधार आई आकाश खुलेसँगै बुधवार नेपालगन्जबाट डोल्पाको लागि तारा एयरलाइन्सको विमानले एउटा उडान भरेको हो ।

    तारा एयरलाइन्सको नेपालगन्ज डोल्पाको टिकट लिनु भएकी डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुरा कोटकी देवकी उपाध्यायले बल्लबल्ल आकाश खुलेपछि छब्बीस दिनपछि डोल्पामा आउन पाएको बताइन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाल डोल्पाका प्रमुख अमित कुमार चौरासियाले मौसममा सुधार आएपछि उडान भएको तर प्राधिकरणले बिहान ६ बजेपछि दिउसो १२ बजे सम्म मात्र उडान गरिने गरी बनाएको मापदण्डमा फेरबदल नभएको बताए ।

    लगातारको बर्षाका कारण देशभरका २९ ओटा विमानस्थलमा हवाई उडानमा कडाइ गरिएको थियो। करिब एक महिना सम्म हवाई उडान नहुँदा बिरामी असक्त र अत्यावश्कीय काममा नेपालगन्ज झर्नु पर्ने कर्मचारी र सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend