logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • डिम्याट खाता नवीकरण नगरेकाले शेयरमा आवेदन दिन नपाउने, कसरी गर्ने नवीकरण ?

    डिम्याट खाता नवीकरण नगरेकाले शेयरमा आवेदन दिन नपाउने, कसरी गर्ने नवीकरण ?

    5.3K
    Shares
    डिम्याट खाता नवीकरण नगरेकाले शेयरमा आवेदन दिन नपाउने, कसरी गर्ने नवीकरण ?

    काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले साधारण शेयर, हकप्रद शेयरमा आवेदन दिन नपाउने भएका छन् साथै त्यस्ता लगानीकर्ता क्लोज आउटमा समेत पर्ने छन् । सीडीएससीले डिम्याट खाता नवीकरण नगरेको खण्डमा आईपीओ, हकप्रद सेयरमा आवेदन दिन नपाउने, क्लोज आउटमा पर्ने बताएको छ ।

    सीडीएससीले लामो समयदेखि लगानीकर्तालाई भदौ १५ गतेसम्म अनिवार्य रुपमा डिम्याट खाता नवीकरण गर्न भनेको थियो । अब उक्त अवधिमा नवीकरण नगरेका लगानीकर्ताले शेयरमा आवेदन नदिन नपाउने भएका छन् । शेयरमा आवेदन दिनका लागि डिम्याट खाता नवीकरण गर्नुपर्ने छ ।

    हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैअनुसार निक्षेप सदस्यहरुले प्रयोकगर्तालाई असार मसान्तसम्म डिम्याट खाता नवीकरण गर्न सूचनामार्फत जानकारी दिइरहेका छन् । डिम्याट खाता असार मसान्तभित्र नवीकरण नगरे खाता नै फ्रिज हुन्छ ।

    वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि यस्तो खाता नवीकरण गर्न सकिन्छ । वार्षिक सय रुपैयाँ बुझाएपछि हितग्राही खाता निक्षेप सदस्यहरुले नवीकरण गरिदिन्छन् ।

    हाल बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश बढ्दो छ । कतिपय लगानीकर्तालाई आफ्नो डिम्याट (हितग्राही) खाता कसरी नविकरण गर्ने भन्ने बारेमा थाहा नहुन पनि सक्छ । आज हामी डिम्याट खाताकसरी नवीकरण गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेका छौं ।

    अहिले नेपाली पूँजीबजार पनि प्रविधिमैत्री छ । जसका कारण लगानीकर्ताले घर या अफिसमा बसेर नै सेयर बजारका सम्पूर्ण काम गर्न सक्छन् । अहिले लगानीकर्ताले घर वा कार्यालयमा बसी आफ्नो मोबाइल, ल्यापटप वा कम्प्यूटरबाट पनि डिम्याट खाता तथा मेरो सेयरको खाता नविकरण गर्न सक्नेछन् । डिम्याट खाता नवीकरण गरेवापत तपाईले वार्षिक एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने मेरो सेयरको नवीकरण गर्न तपाईले वार्षिक ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नविकरण गर्नुपर्छ भने मेरो सेयरको खाता आफुले खोलेको मितिले वर्षको अन्त्यमा नविकरण गर्नुपर्ने हुन्छ ।
    तपाईले डिम्याट खाता र मेरो सेयर एक्सपायर मिति मेरो शेयरको वेबसाइट  https://meroshare.cdsc.com.np खोलेपश्चात माथिल्लो दायाँ कुनामा देखिने आफ्नो नाममा क्लिक गरेपछि त्यहाँ आउने व्यक्तिगत विवरणमा हेर्न सकिन्छ ।

    कसरी गर्न सकिन्छ नविकरण ?
    डिम्याट खाता र मेरो सेयर निक्षेप सदस्यहरुको कार्यालय तथा बैंक वित्तिय संस्था वा वालेट पे मार्फत सजिलै नविकारण गर्न सकिन्छ। पहिले निक्षेप सदस्यहरुको कार्यालय वा बैंक तथा वित्तिय संस्थामा गएर नविकरण शुल्क तिर्नु पर्ने प्रावधान थियो। तर अहिले प्रविधिको सहयोगमा लगानीकर्ताहरुले आफ्नो फोन मार्फत नै नविकरण गर्न सक्ने सुविधा भएको छ।

    लगानीकर्ताले कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत खाता नविकरण शूल्क भुक्तानी गर्न सक्नेछन् । लगानकिर्ताले एक वर्ष भन्दा बढी अवधिको लागि पनि नविकरण सक्नेछन् ।

    आफ्नो खाता नविकरण गर्नको लागि मेरो सेयरको वेबसाइट गई आफ्नो खाता खोल्ने, त्यसपछि मेरो सेयरमा रहेको आफ्नो प्रोफाइलमा जाने र त्यहाँ रहेको व्यक्तिगत विवरणको रिन्यू एकाउण्ट बटन थिचि दिइएका त्यहाँ दिइएको विवरण फलो गरेर नविकरण गर्न सकिन्छ।

    डिम्याट खाता भने आर्थिक वर्षको अन्त्यमा नविकरण गर्नुपर्ने हुन्छ । त्यसैगरी, मेरोसेयर भने आफूले खोलेको एक वर्षको अवधिमा नवीकरण गराउन सकिन्छ । डिम्याट खाता र मेरोसेयर एकैपटक नवीकरण पनि गराउन सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend