logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

    मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

    1.9K
    Shares
    मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

    काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताउनुभएको छ ।

    बुधवार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ विघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताए ।

    उनले यसका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिए । उनले सरकारका सबै मन्त्रालयहरुको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने बताए । मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडी नै पठाई सकिएको उल्लेख गरे ।

    उनले मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामाकरण गरिने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend