logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नाडा अटो शोमा बजाजको पल्सर एनएस २०० राखिने, यस्ता छन् विशेषता

    नाडा अटो शोमा बजाजको पल्सर एनएस २०० राखिने, यस्ता छन् विशेषता

    3.5K
    Shares
    नाडा अटो शोमा बजाजको पल्सर एनएस २०० राखिने, यस्ता छन् विशेषता

    काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलहरुको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटोशो २०२३ मा नयाँ पल्सर राख्ने भएको छ । कम्पनीले यस अघि नै नेपाली बजारमा सार्वजनिक भइसकेको पल्सर एनएस २०० र पल्सर एनएस १६० राख्ने भएको हो ।

    पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी छ । यो मोटरसाइकलले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८ हजार आरपइएममा १८.७४ एनएमको टर्कका साथ उत्साहजनक पफर्मेन्स दिन्छ । यस्तै, यो मोटरसाइकलमा आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमता रहेको कम्पनीको दाबी छ ।

    कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसबाहेक, अटोशो २०२३ मा पल्सर एनएस १६० मा १६०।३ सीसीको आयल कुल्ड तथा फ्यूल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन छ । यो मोटरसाइकलमा १२ लिटर पेट्रोल अट्ने क्षमता छ । मोटरसाइकलले सहरी क्षेत्रमा ३५ र हाइवेमा ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

    यसले ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४।६एनएमको टर्क प्रदान गर्छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend