logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आजदेखि सुरु भएको नाडा अटो शोमा झण्डै २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने प्रक्षेपण

    आजदेखि सुरु भएको नाडा अटो शोमा झण्डै २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने प्रक्षेपण

    2K
    Shares
    आजदेखि सुरु भएको नाडा अटो शोमा झण्डै २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने प्रक्षेपण

    काठमाडौँ । नाडा अटो शो आजदेखि काठमाण्डौमा शुरु भएको छ ।

    आउँदो ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा विद्युतीय गाडीसहित अन्य नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

    चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडी तथा ढुवानीका गाडीहरु, स्पेयर पार्ट्स, टायर टयुब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुसमेत प्रदर्शनीमा राखिएको नाडाले जनाएको छ ।

    प्रदर्शनीको एक लाखभन्दा धेरै दर्शकले अवलोकन गर्ने र झण्डै २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाले राखेको छ ।

    नाडाको आयोजनामा हरेक वर्षको दशैँ अगाडि आयोजना हुँदै आएको अटो शो कोभिड महामारी र गाडीको आयातमाथि लागेको प्रतिबन्धका कारण तीन वर्षदेखि हुन सकेको थिएन ।

    गएको वर्ष नाडाले पहिलो पटक ईभी अर्थात् विद्युतीय गाडीको प्रदर्शन गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend